उमेर ढल्किएपछि दीपाको यो कस्तो रहर ?


ग्ल्यामर नेपाल, काठमाडौं ।
रहर भन्ने कुरो पनि बडो गज्जबको हुँदोरहेछ। नपत्याए हास्य अभिनेत्री दीपाश्री निरौलालाई हेर्नुस्। सामान्यवस्थाको हुँदो हो त, दीपा यतिबेला छोराछोरीको स्याहारसुसारमा व्यस्त हुनुपर्ने हो। तर चार दशक नाघिसकेकी उनी आमा बन्नु त कता हो कता, कसैकी दुलही पनि बनेकी छैनन्। बरु उनको आनाबानी हेर्दा १६ वर्ष ठिटीको भन्दा कम छैन। कम्तीमा स्पा गरेको तस्बिर सार्वजनिक भएबाट यही पुष्टि हुन्छ। ब्याकसाईड न्युड देखिएका उनका तात्तातो तस्बिरले माघको ठन्डीमा फिल्मीबजार तताएको छ।
deepa-shree-niraula-spa-photo
दीपाले जावलाखेलको सेरोमोनी ब्यूटी पार्लरमा पुगेर स्पा गर्दै गरेको अर्धनग्न फोटोसुट गरेकी हुन्। सुतेर दिएका पोजहरुमा उनी निकै सुन्दर र विन्दास देखिएकी छिन्। कतिपयले उनको यो हत्कण्डा सस्तो चर्चा कमाउनका खातिर भएको टिप्पणी गरेका छन् भने कति उनको मिलेको शरीरप्रति लोभिएका छन्। उमेर अनुसार आफ्नो जवानी नओइलाएको देखाउन तस्बिर सार्वजनिक गरेको भन्ने पनि नभएका होइनन्। तर जसले जस्तो प्रतिक्रिया दिए पनि यी तस्बिरले उनलाई पर्याप्त चर्चा दिलाएकोचाहीं सत्य हो। फोटोसुट मात्रभन्दा घरजम गर्नतिर पनि ध्यान दिने की दीपाजी ?

थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस।

करिव २ वर्ष अघि नायिका करिश्मा मानन्धरको पनि यस्तै स्पा गर्दै गरेको अर्धनग्न फोटोहरु बाहिरिएका थिय।

SUBSCRIBE 👉