जेठ ८ मा आउँदै बर्दी


Bardi-Movieग्ल्यामर नेपाल, काठमाडौं ।
सञ्चारकर्मी कुमार आचार्यले निर्माण गरेको दोस्रो फिल्म ‘बर्दी’ आगामी जेठ ८ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । फिल्मका निर्देशक विजयविक्रम बस्नेत हुन् । कुमारले यसअघि फिल्म ‘मानव’ निर्माण गरेका थिए ।

गीता आचार्य, प्रवेश आचार्य र करुणा आचार्य निर्माता रहेको फिल्मले समाजमा सुरक्षा निकायको उपस्थिति नहुँदा समाजको अवस्था विकराल किसिमको हुन्छ भन्ने सन्देश बोकेको छ ।

फिल्ममा कुशल थापा, रूपा खनाल, अनु शाह, वीरेन डिसी, आरपी भट्टराई, शिव खड्का, सरोज शाह, म्याण्डी बाबु र भानु प्रतापको अभिनय रहेको छ । फिल्ममा कुमार महर्जनको द्वन्द्व, पुरुषोत्तम बस्नेत, दिपेश गौतम र अनिला खड्काको गीत, विकास चौधरीको संगीत, प्रदीप श्रेष्ठको कोरियोग्राफी तथा गणेशकुमार श्रेष्ठको छायांकन फिल्ममा रहेको छ । फिल्मका उपत्यका वितरक सुनिल मानन्धर हुन् ।

SUBSCRIBE 👉