पैसा नभएपछि गर्भवती प्रेमिका बेचि दिने प्रेमी !


Resh-Marhatthaग्ल्यामर नेपाल, काठमाडौ ।
नायक रेश मरहठ्ठाले लागुपदार्थका लागि खर्चनु पर्ने पैसा नभएपछि आफ्नै प्रेमिका अरुणिमालाई बेचेका छन् । अरुणिमालाई गर्भवती बनाएका मरठ्ठाले लागुपदार्थ प्रयोग गर्न लिएको पैसा तिर्न नसकेपछि पैसाको सट्टा आफ्नै प्रेमिकालाई बेचेका हुन् ।

तर उनले अरुणिमालाई वास्तविक रुपमा भने बेचेका होईनन् । गायिका दिपशिखा मिश्रको नयाँ गीत ‘तिम्रो मायाको’ म्युजिक भिडियोमा निर्देशक जीवन थापाले मरहठ्ठालाई दुव्र्यसनीको भुमिकामा प्रस्तुत गरेका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

रमेश परियारका शब्द तथा संगीतमा बनेको एल्बम ‘म्यूजिक इज लाइफ’ लाई ए.के. नन्दले निर्माण गरेका हुन् । अखिल बास्तोलाको छायांकन रहेको म्युजिक भिडियोमा रेश मरहठ्ठा, सञ्जय पाण्डे, निता पोखरेल र नवनायिका अरुणिमा खरेलले अभिनय गरेका छन् ।

SUBSCRIBE 👉