तयाहाङ्माको सांगीतिक ‘तराना’ सार्वजनिक


ग्ल्यामर नेपाल, काठमाडौ ।
पछिल्लो समयमा एल्बमहरु सार्वजनिक हुने क्रम बढ्दो छ । तर संगीतको अध्ययन लिएर एल्बम निकाल्ने स्रष्टा भने कमै पाइन्छ । ति कमै सृष्टाहरुमध्ये गायिका तयाहाङ्मा राई संगीत अध्ययन पश्चात एल्बम दास्रो एल्बम ‘तराना’ लिएर दर्शकमाझ आएकी छिन् ।

Tayahangma-Raiनेपाली संगीत क्षेत्रमा ७ वर्षको अनुभवसँगै, डा. किरातसँग औपचारिक रुपमा ४–५ वर्ष संगीत क्लास लिइसकेपछी गायिका राईले एल्बम ल्याएकी हुन् । २०६७ सालमा आधुनिक गीत स्वर परिक्षा पास गर्दै २०६८ सालमा लोकतन्त्र दिवसमा आयोजित काठमाडौमा राष्ट्रब्यापी गायन प्रतियोगीतामा उनी प्रथम भएकी थिइन् ।

गायिकाले आफ्नो एल्बममा आधुनिक, सेन्टिमेन्टल गीतहरु दर्शकहरुले सुन्न सक्ने बताइन् । पाँच गीत र एक म्युजिक ट्रयाक समावेश रहेको एल्बममा राज सागरले संगीत दिएका छन् । एल्बममा ‘आऊ तिमी, जिवनसँग, जसलाई देवता, मायाको गहिराई र कोही छ’ बोलको गीत समावेश गरिएको छ । एल्बममा समावेश ‘मायाको गहिराई’ बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । प्रशन्न पौडेलले निर्देशन गरेको म्युजिक भिडियोमा अभिनेत्री रिमा विश्वकर्मा र बिमलेश अधिकारीले मोड्लिङ गरेका छन् । म्युजिक भिडियोलाई प्रकाश तुलाधरले इडिट गरेका हुन् भने बिदुर पाण्डेले खिचेका हुन् ।

गायिका तयाहाङमा राईको पहिलो एल्बम ‘ तिम्रो याद विमोचन २ वर्ष अगाडी गरिएको थियो । पहिलो एल्बममा ७ वटा गीत समावेश गरिएको थियो ।

SUBSCRIBE 👉