समुद्री किनारमा सुष्मा कार्कीको हट पोज


हङकङ सहरको मौसम गज्जब चिसिएको थियो। चिसो सिरेटो झेल्दै समुद्र किनारमा (बीच) फोटोसेसन गर्नु विल्कुलै सहज थिएन तर अभिनेत्री सुष्मा कार्की त्यसलाई चुनौती दिन तयार भइन् अनि हाम्रो फोटोसेसन गन्तव्य बन्यो ‘स्ट्यान्ली बीच’। धुम्म परेको मौसममा मधुरो घाम र बादलबीच लुकामारी चलिरहेको थियो। बाक्लो पहिरनमा पनि समुद्रछेउ धेरैबेर उभिरहने अवस्था थिएन तर ग्ल्यामरस छवि बनाएकी यी नायिका भने विपरीत पहिरनमा समेत क्यामेराको चालसँगै पोजमाथि पोज दिँदै थिइन्। लाग्थ्यो जाडोलाई उनले आफ्नो पूर्ण बसमा पारेकी छिन्।
sushma-karki-kantipur-saptahikदेब्रे छातीमा खोपिएको सूर्य अंकित ट्याटुले त्यस्तै संकेत गथ्र्यो। समुद्र किनार तस्बिर खिच्ने उनको रहर पुरानै रहेछ, त्यसैले पनि हुँदो हो सुष्मामा यति जोस भरिएको। पटक-पटक विदेश भ्रमण गरेकी सुष्मालाई पहिलोपटक यस्तो अवसर भने हङकङ आएर जुर्‍यो। ‘सुष्मा कार्की निकै हट छिन् रे भन्ने सुनिएको थियो, आज प्रमाणित नै भयो।’ क्यामेरा प्याकअपपछि छेडिएको ठट्यौली सुनेर सुष्मा मुस्कुराइन्।
– कान्तिपुर साप्ताहिक | तस्बिर: निर्मल श्रेष्ठ । लोकेसन : स्ट्न्यालीबीच, हङकङ

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉