दृष्टिविहिनले खिचे क्याट्रिनाको तस्वीर


युवतीको सौन्दर्य हेरेर मात्र महशुस गर्न सकिन्छ भन्ने तर्कलाई गलत साबित गर्दै बलिउडका दृष्टिविहिन फोटोग्राफर भावेश पटेलले बलिउड स्टारको सौन्दर्यलाई क्यामरामा कैद गरेका छन् । उनी जन्मजात आँखा देख्दैनन् ।

Katrina-Kaifभावेशले हालै क्याट्रिनासँग लक्स साबुनको लागि फोटोसुट गराएका हुन् । फोटोसुटलाई भिडियोमा पनि कैद गरिएको थियो । भिडियोमा भावेशले आफुलाई फोटोसुटका लागि पहिलोपटक कुरा गर्दा आफु आश्चर्यमा परेको बताएका छन् ।

भावेशले आफुले नै क्याट्रिनाको फोटो खिचेको भन्ने कुरा तस्वीर हेर्दा नपत्याउने दाबी गरे । ‘त्यो फोटो हेरेपछि कुनै एक सक्षम फोटोग्राफरले उक्त तस्वीर खिचेको हो भन्ने बुझ्लान्, तर धेरैलाई थाहा छैन कि त्यो फोटो मैले खिचेको हुँ ।’ भावेशले भनेका छन् ।

SUBSCRIBE 👉