नायिका ऋचाले इण्डोनेशियामा घर बनाईन


ग्ल्यामर नेपाल, काठमाडौँ ।
नायिका ऋचा शर्माले भर्खरै सिंगापुर र इण्डोनेशियाका केही गाउँहरु घुमेकी छिन। गरिव तथा न्युन आयस्तर भएकाहरुकालागि काम गर्ने अभियानका लागि उनी इण्डोनेसिया पुगेकी थिईन्। उनले त्यहाँ केहि घरहरु निर्माण गरेकी छिन। त्यहाँ रहेका केही सामाजिक संस्थाका अगुवा र स्कुले विद्यार्थीहरु समेत सो कार्यक्रममा सरिक भएका थिए।

ह्याबिट्याट फर ह्युमनिटीको सदभावना दूत ऋचा शर्माले एक वर्षदेखि सामाजिक काममा आफुलाई व्यस्त गराउँदै आएकी छिन्। केही समय अघि चितवन र काभ्रेमामा पनि उनले बाँसको घर बनाउन सहयोग गरेकी थिइन्।
Reecha-Sharma
साना साना घर, कमजोर आयस्तर, लगभग नेपालकै जस्तै सडकहरु। इण्डोनेशियाको केही ठाउँहरु घुमे पछी उनलाई लाग्यो- इण्डोनेशिया र नेपालका धेरै कुरा मिल्दो रहेछ। उनले भनिन् – ‘एउटै कोठामा परिवारका धेरै सदस्यहरु बस्दै आएका पनि भेटे। उनीहरुका लागि फराकिलो ठाउँको ब्यबस्था गर्‍यौं।’

तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

पोखरामा रहेका भूमीहिनका लागि ह्याबिट्याट फर ह्युमनिटीले १ सय घर बनाउने योजना बनाएको छ। सन् २०२० सम्ममा नेपालमा यस्ता घर १० लाख बनाउने योजना ह्याबिट्याट फर ह्युमनिटीको छ। पोखरामा च्यारिटी कार्यक्रम अन्तर्गत घरहरु निर्माण गरिने भएको छ।

नेपाली फिल्महरु भिसा गर्ल, उमा, टलकजंग भर्सेज टुल्के लगायतका फिल्ममा अभिनय गरेकी ऋचाले उमा वाट क्रिटिक्स अवार्ड अन्तर्गत सर्वोत्कृष्ट नायिकाको अवार्ड पाएकी थिईन्।

SUBSCRIBE 👉