‘क्यान इन्फोटेक’मा ‘होस्टेल रिटर्न्स’का निर्माता तथा कलाकार


hostel-returns-sunil-rawalग्ल्यामर नेपाल, काठमाडौँ ।
कलेज – कलेजमा पुगेर फिल्मको लाइभ ट्रेलर मञ्चन गर्दै फिल्मको प्रचार-प्रसार अभियान शुरु गरेका ‘होस्टेल रिटर्न्स’का निर्माता सुनिल रावल ‘क्यान इन्फोटेकमा’ समेत पुगेका छन्। प्रचार-प्रसारमा नयाँ सैली दिन माहिर निर्माता रावलले काठमाण्डौमा ६ दिन सम्म चल्ने ‘क्यान इन्फोटेक’ प्रबिधि मेलामा क्विकहिल एन्टिभाइरस कम्पनीसँग सहकार्य गरेर यो फिल्मले प्रविधीसँग जोडिन दर्शकमाँझ आफूलाई पुर्‍याएको हो।

इन्जियिनरिङ पढ्ने विद्यार्थीको कथामा फिल्म बनेको भएर आफूहरुले मेलामा यो प्रचार शैली अपनाएको निर्मता रावल बताए। फिल्ममा इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुको रुचीलाई पनि प्रविधीसँग नै देखाइएको छ।
hostel-returns-sunil-rawal-1
फिल्मका अभिनेता / अभिनेत्री सहित निर्माता रावल र अन्य कलाकारहरुले फिल्मको प्रचार-प्रसार गर्न त्यहाँ पुगेका थिए। ‘क्यान इन्फोटेक’ नसकुन्जेलसम्म चलचित्रका कलाकारहरुले स्टलमा मेला भ्रमण गर्ने आगन्तुकहरु सँग अन्तरक्रिया गरिरहने निर्माता रावलले बताए। मेलाको पहिलो दिन सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, अभय बराल, स्वस्तिमा खड्का र निर्माता सुनिल रावल पुगेका थिए।

२०७२ बैशाख २५ गते देखि देशभर प्रदर्शन हुने भनिएको ‘होस्टल रिटर्न्स’ दुर्गिश फिल्मस् ब्यानरको तेस्रो फिल्म हो। दुर्गिश फिल्मस्ले यसअघि ‘सायद’ र ‘होस्टेल’ निर्माण गरिसकेको छ। यी दुवै फिल्मले नेपाली फिल्मी बजारमा राम्रो ब्यबसाय गरेको थियो।

SUBSCRIBE 👉