‘लोग्ने मान्छे’लाई यू सर्टिफिकेट


Nandita and Dilipमाघ २३ देखी देशभर एकसाथ प्रर्दशनमा आउन लागेको सामाजिक नारी प्रधान फिल्म ‘लोग्नेमान्छे ले यूनिर्भसल सर्टिफिकेट पाएको छ । बन्धु फिल्मस् प्रालिको प्रस्तुति रहेको फिल्मका निर्देशक लय सङ्ग्रौला हुन भने यसका निर्माता प्रदिप मित्तल रहेका छन् ।

फिल्मले वैवाहिक बन्धनपछि हुने स्वाभाविक तथा अस्वाभाविक घटनाक्रमको समस्याग्रस्त मनोविज्ञानलाई कथानक रुपमा चित्रण गरेको छ । फिल्ममा दिलीप रायमाझी, नन्दिता के सी, नीक शर्मा, केशव भट्टराई, बालदीप राई, अनिशा गुरmङ, ध्रुव कोइराला, सङ्गीत लिम्बू, अञ्जु थापा, विमला गिरी, रिषमा थापा, लय संग्रौलालगायतको अभिनय रहेको छ ।

फिल्ममा सङ्गीत चेतन सापकोटाले गरेका छन् भने स्वरुपराज आचार्य, दीपक लिम्बू, माण्डवी त्रिपाठी, इन्दिरा जोशी र अञ्जु पन्तको स्वरमा गीतहरु रहेका छन् । फिल्ममा छायांकन कृष्ण श्रेष्ठ, नृत्य कविराज गहतराज, द्वन्द्व रोशन श्रेष्ठ, मिक्सीङ सुनयमान श्रेष्ठ, सम्पादन वनिश शाह, श्रृंगार श्याम वराल र व्यवस्थापन भुपेन्द्र पराजुलीको रहेको छ ।

SUBSCRIBE 👉