‘मिसन पैसा रिलोडेड’मा अडेको निशाको करिअर


एक्सन भूमिकाले जोगाउला त निशाको साख ?

Nisha-Adhikari-3

Actress Nisha Adhikari

ग्ल्यामर नेपाल, काठमाडौं ।
पाँच वर्ष अगाडी ‘मिसन पैसा’बाट डेब्यु हुँदा निशा अधिकारीप्रति धेरैको ध्यान तानिएको थियो। एक फिल्ममा उनको एक्सन भूमिका थियो, अर्कोतिर म्युजिक भिडियो र टेलिभिजन होस्टबाट उनले आफ्नो पहिचान बनाइसकेकी थिइन्। यसरी ‘ब्युटि वीथ ब्रेन’ निशासँग दर्शकको अपेक्षा पनि धेरै थियो। जुन स्वभाविक पनि हो तर दुखको कुरा, उनी आशा गरिए अनुरुप उत्कृष्ट फिल्म दिन असफल भइरहेकी छिन्।

Actress Nisha Adhikari

‘मिसन पैसा’पछि निशा अभिनित ‘पद्धमिनी’, ‘धुवाा यो नशा’, ‘सुनगाभा’, ‘अपवाद’, ‘मेरो भ्यालेन्टाइन’, ‘मुखौटा’जस्ता आधा दर्जन भन्दा बढी फिल्म रिलिज भए, तर यी फिल्मले न निर्मातालाई खुशी तुल्यायो, न दर्शकलाई नै। पछिल्लो पटक रिलिज भएको ‘आभाष’को नियती पनि यस्तै रह्यो। बरु लगातारको असफलताले उनले ‘फ्लप हिरोइन’को ट्याग भिर्नु पर्‍यो। तर पनि यहाँ उल्लेखनीय कुराचाहीं के हो भने यति हुादा पनि फिल्मवृत्त र बाहिर निशाको चर्चा घटेको छैन।

Actress Nisha Adhikari

यतिबेला निशा नयाा फिल्म ‘मिसन पैसा रिलोडेड’ का कारण चर्चामा छिन। उनको डेब्यु फिल्मको सिक्वेल रुपमा बनाइएको यो फिल्ममा उनलाई फेरि एक्सन भूमिकामा देख्न पाइनेछ। ट्रेलरमा देखाइएको उनका एक्सन सिक्वेन्सले चौतर्फी प्रशंसा बटुलिरहेको छ। त्यसैले यो फिल्म निशाले फ्लप यात्रालाई ब्रेक गर्ने अनुमान गरिएको छ। उनी आफैं पनि यो फिल्मप्रति निकै आशावान देखिन्छ। तर यो आशा कतिको पुरा हुने भने १५ फागुनमा फिल्म रिलिज भएपछि थाहा हुनेछ।

SUBSCRIBE 👉