फ्लप जोडीको कमब्याक


ग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्मी करिअर नियाल्ने हो भने दीलिप रायमाझीभन्दा नन्दिता केसी कनिष्ठ हुन्। नन्दिताको डेब्यु हुँदा दीलिपको दबदबा थियो। ‘दर्पण छाँया’, ‘लहना’, ‘सुपरस्टार’, ‘जिन्दगानी’ लगाएतका फिल्मबाट उनी स्थापित भइसकेका थिए। खासगरी डान्स र चकलेटी भूमिकाबाट उनले आफ्नो लोकप्रियताको ग्राफ निकै बढाए।

Dilip Rayamajhi Nandita KC

Dilip Rayamajhi, Nandita KC

लगभग त्यहि समयमा फिल्म ‘इन्द्रेणी’ बाट नन्दिताको उदय भएको थियो। फिल्ममा सात हिरोइनको अभिनय भए पनि उनले पहिलो फिल्मबाटै आफूलाई मार्क गराउन सफल भइन् । विस्तार उनको पनि व्यस्तता बढ्यो तर नयाँ पुस्ताको प्रवेश दुबैका लागि अभिषाप बन्यो। फरक शैलीका फिल्म निर्माणमा बाढी आएसँगै उनीहरु ओझेल पर्दै गए।

फिल्मी दुँनियामा दीलिपको चर्चा हराउन थालेको करिब पाँच वर्ष बितिसकेको छ भने झण्डै ३ तीन वर्षदेखी नन्दिताको हालत पनि त्यस्तै छ। ‘मालतीको भट्टी’ले आशातित व्यापार नगरेपछि उनी लगभग गुमनाम छिन। यसरी फिल्मवृत्तबाट ओझेलमा परिरहेको यो जोडी एकसाथ कमब्याक भएको छ। फिल्म हो, ‘लोग्ने मान्छे’।

करिब सात महिना अघि राजधानीमा आयोजित फिल्म ‘लोग्ने मान्छे’ को घोषणा कार्यक्रममा निर्देशक लय संग्रौलाले भनेका थिए ‘फिल्म चलेन भने म चाँही कालीमाटीको तरकारी ल्याएर बेच्छु, फिल्म लाइन नै छाडिदिन्छु।’

फिल्मको नाम ‘लोग्ने मान्छे’ भएपनि कथावस्तुचाहीं नारी प्रधान भनिएको छ। फिल्मलाई पुराना निर्देशक लय संग्रौलाले निर्देशन गरेका हुन्। यो फिल्म उनीहरुको करिअर उकास्न कोशेढुंगा सावित हुने ठानिएको छ। करिब सात महिना अघि राजधानीमा आयोजित फिल्म ‘लोग्ने मान्छे’ को घोषणा कार्यक्रममा निर्देशक लय संग्रौलाले भनेका थिए ‘फिल्म चलेन भने म चाँही कालीमाटीको तरकारी ल्याएर बेच्छु, फिल्म लाइन नै छाडिदिन्छु।’सायद यही कारण हुनुपर्छ, प्रमोशनमा दिलोज्यान दिएर लागेका छन्। तर फिल्ममा फेरि जम्ने दिलिप र नन्दिताको प्रयास सफल होला त ? २३ माघमा फिल्म रिलिज भएपछि मात्र थाहा हुनेछ।

SUBSCRIBE 👉