नेपाली श्रोताका लागी भारतीय गायकको भिडियो गीत – आत्मामा तिम्रो आत्मामा…


ग्ल्यामर नेपाल, काठमाडौँ ।
चर्चित भारतीय गायक गौरब डगान्करले नेपाली गीत गाएका छन्। कमल खत्रीको चर्चित गित “आत्मामा..” र हिन्दि फिल्म ‘एक भिलेन’ को गित “गलियाँ..” लाई सिङ्क्रोनाइज गरेर उनले गीत गएका हुन्। गौरवले आफ्ना नेपाली प्रशंसकका लागि मिक्सअप गरेर सो गित गाएको बताएका छन्। उनले भने “मेरो यो गीत शायद नेपाली दर्शकलाई मन पर्छ होला।” सिङ्क्रोनाइज गरिएको दुई गीतको भिडियो यु ट्युब र आफ्नो फेशबुक पेजमा समेत उनले पोष्ट गरेका छन्।

Gaurav Dagaonkar

Singer: Gaurav Dagaonkar, During the music video shooting of Aatma Ma… Galliyan…

प्राय रक-पप शैलीका गीत गाउन मन पराउने गौरब भारतको मुम्बईमा जन्मेका हुन्। गायनको साथ साथै उनि संगीत कम्पोज र लेखनमा समेत उतिकै सक्रिय छन्। गौरबको संगीतमा सुनिधी चौहानको स्वर रहेको हिन्दी फिल्म ‘जोक्कर’को आइटम गीत ‘कफिराना’ले निकै चर्चा कमाएको थियो। उनको पहिलो एल्बम ‘कलेज डे’ सन् २००८ मा सार्वजनिक भएको थियो। उनले हिन्दी फिल्महरु लंका, वील यु म्यारी मि, जोक्कर लगायतका फिल्मका गीतहरुमा संगीत गरेका छन्।

भिडियो गीत हेर्नुहोस्

SUBSCRIBE 👉