अष्ट्रेलियामा अधकट्टीको तारिफ


Adhakattiग्ल्यामर नेपाल, काठमाडौं ।
सञ्चारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको फिल्म ‘अधकट्टी’ले अष्ट्रेलियामा रहेका नेपाली दर्शकबाट राम्रो तारिफ पाएको छ। सिड्नीको हस्र्टभिलस्थित इभेन्ट सिनेमामा पहिलो शो गरिएको फिल्म हेर्दा दर्शकहरु पेट मिची मिची हाँसेका थिए।

तीन भिन्न चरित्रका युवाहरुको सेरोफेरोमा बनेको फिल्मले पैसा कमाउन लालयित ती युवाको कथालाई प्रस्तुत गरेको छ । त्यहाँको इभेन्ट सिनेमाको दुई हलमा एकैपटक देखाइएको फिल्मबाट दर्शकले भरपुर मनोरञ्जन लिएका थिए।

फिल्म हेरेपछि ‘नाइँ नभन्नु ल–२’ का निर्माता दिनेश पोखरेलले फिल्मले दर्शकहरुलाई समय अवधिभर बाँधिरहन सकेको प्रतिक्रिया दिए। फिल्मकी अष्ट्रेलियन निर्मात्री अर्चना थापाले फिल्मबारे राम्रो प्रतिक्रिया पाएकाले अर्को एक सो थप गर्न लागिएको बताइन् । उनका अनुसार चाँडै नै मेलबर्न, ब्रिसबनलगायतका शहरहरुमा प्रदर्शनको तयारी भईरहेको छ।

SUBSCRIBE 👉