लोग्नेमान्छेबाट आश राख्दै निक


ग्ल्यामर नेपाल, काठमाडौं ।
आफ्नो डेब्यु निर्देशन फिल्म ‘लोग्ने मान्छे’ आगामी शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आउन लाग्दा निर्देशक लय संग्रौला जति उत्साहित र तनावमा छन्, यस्तै अवस्थामा देखिएका छन् यसै फिल्मका नवनायक निक शर्मा ।
NIK-Sharmaलयले फिल्म नचलेमा आफु कालीमाटीको तरकारी व्यापारी बन्ने बताईरहँदा निक चाहिँ यसै फिल्मबाट आफु स्थापित हुनेमा ढुक्क छन् । ‘फिल्मको कथा अनुसार मैले आफ्नो चरित्रलाई राम्रोसँग निभाएको छु,’निक भन्छन्, ‘त्यसकारण पनि म फिल्मबाट आशाबादी छु ।’

बन्धु फिल्मस् प्रालिको प्रस्तुतिमा बनेको फिल्मका निर्माता प्रदिप मित्तल हुन् । मोडलिङ क्षेत्रबाट रजतपटमा प्रवेश गरेका निक आफूलाई चकलेटी नायकको रुपमा स्थापित गराउन तल्लीन छन् । २०६१ साल देखि नेपाली रंग क्षेत्रमा लागेका उनले एक दर्शनभन्दा बढी म्युजिक भिडियोसहित ‘हिजोआजका कुरा’, ‘अपराध’, ‘तीतो सत्य’ र ‘गुठी’लगायतका टेलिसिरियलमा आफ्नो अभिनय क्षमता देखाइसकेका छन् ।

उनी ‘लोग्ने मान्छे’मा अभिनेता दिलीप रायमाझीसँग लिड रोलमा देखिएका छन् । ‘यो कथा हो तिम्रो मेरो’मा समेत अभिनय गरिसकेका उनले उक्त फिल्मबाट पनि राम्रो तारिफ पाएका थिए ।

SUBSCRIBE 👉