ग्ल्यामर नेपाल, काठमाडौँ ।
सिंगापुरमा जन्मिएकी नेपाली चेली माला लिम्बुले फिल्म ‘गुडबाई काठमाण्डु’ बाट नेपाली फिल्मी क्षेत्रमा आफ्नो पाईला अगाडि बडाएकि हुन्। तर मालाका लागि प्रदर्शनको आधारमा ‘वन वे’ उनको पहिलो नेपाली फिल्म बन्ने भएको छ। फागुन १ गतेबाट प्रदर्शनमा आउने भएको फिल्म ‘वन वे’ मा उनले एक प्रेमिकाको भूमिकानिर्वाह गरेकी छिन।
‘वन वे’मा कलाकार सिद्धार्थ गुरुङसँग लिप किस दिएकी मालाले भनिन्- “मलाई सानैदेखि कलाकार बन्ने चाहना थियो। यसैले म यो क्षेत्रमा आएकी हुँ। मलाई यसमा कुनै आपत्ती छैन।” सेक्सी फिगर भएकी मालाले थपिन – “फिल्मको कथावस्तु अनुसार विकिनी लगाउन समेत मलाई कुनै अप्ठ्यारो हुदैन।”
मालाको थ्रिलर र एक्सन फिल्म मा काम गर्ने चाहना छ। उनि बलिउड चर्चित नायक सलमान खानकी फ्यान हुन्। उनको सलमान सँग कुनै दिन आइटम गीतमा नाच्ने सपना समेत रहेको छ। नेपाली कलाकारहरुमा भने उनलाई सौगात मल्लसँग संगै फिल्ममा काम गर्ने ठुलो रहर छ।










