बुलु मुकारुङ्गको नेपाली संगीतको अभिलेख


Bulu-Mukharum-1ग्ल्यामर नेपाल, काठमाडौं ।
वरिष्ठ संगीतकार तथा गीतकार बुलु मुकारुङले नेपाली गीत संगीत क्षेत्रका मुर्धन्य सुर संगीतकर्मीहरुदेखि समकालिनसम्मका सांगीतिक कृति कर्मबारे उल्लेख गरिएको पुस्तक ‘नेपाली संगीतको अभिलेख’ पाठकमाझ ल्याउने भएका छन्।

राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले आफुले १६ वर्षको मेहनतमा पुस्तक बजारमा ल्याउन लागेको जानकारी दिए। ‘यो नेपाली संगीत जगतको मात्र नभई नेपाल र नेपालीको पनि सम्पत्ति हो,’मुकारुङले भने, ‘यसभित्र रहेका खण्डहरुले प्राच्य संगीतकर्म, सुरसंगीतकर्मीका योगदन र छोपिएका नेपाली संगीतका आरोह, अवरोहलगायतका कुरालाई प्रस्तुत गर्नेछ।’Bulu-Mukharum

पुस्तकका भूमिका लेखक नवराज लम्सालले बुलुको पुस्तक संगीतका लागि भगिरथ प्रयत्न भएको दाबी गरे। साहित्यकार राधेश्याम लेकालीले बुलुको आम संगीतप्रेमीका लागि शब्दकोष सरह रहने बताए।

आगामी १५ दिन भित्र सार्वजनिक गरिने पुस्तकलाई पाल्पा बुक्स बागबजारले प्रकाशन गरेको हो। ११ एल्बममा एकल संगीत दिएका बुलुले यसै शीर्षकको पुस्तक बजारमा ल्याईसकेका छन्।

SUBSCRIBE 👉