न्यू इयरमा रोमान्स गर्दै अनुप–वेनिशा


Happy New Yearग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्म ‘मोक्ष’बाट निर्देशनमा डेब्यु गरेका निर्देशक प्रविण श्रेष्ठले निर्देशन गर्न लागेको फिल्म ‘न्यू इयर’मा अभिनेता अनुपविक्रम शाही र अभिनेत्री वेनिशा हमालले रोमान्स गर्ने भएका छन् । ग्रिष्म इन्टरटेनमेन्टको व्यानरमा बन्न लागेको फिल्ममार्फत आइटी व्यवसायी गृहेन्द्र घिमिरे फिल्म निर्माणमा डेब्यु गर्दैछन् ।

फिल्मबारे जानकारी दिन राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा निर्माता घिमिरेले आफु नेपाली फिल्मको सानैदेखि दर्शक भएकाले फिल्म निर्माणमा चासो राखेको बताए । उनका अनुसार फिल्मको छायांकन अष्ट्रेलिया र नेपालमा गरिनेछ ।

Benisha-Anup-New-Yearकार्यक्रममा निर्देशक श्रेष्ठले पहिलो फिल्म पछि धेरै निर्माताहरु फिल्मको काम लिएर आफुसँग आए पनि ‘न्यू इयर’को कथा मनपरेकाले यसमा काम गर्न इच्छुक भएको खुलाए । अनुप र वेनिशाले पनि फिल्मका बारेमा आफ्नो भनाई राखेका थिए ।

फिल्म निर्माणमा गृहेन्द्रलाई प्रताप खरेल र कर्मा राजवंशीले सघाउनेछन् । फिल्ममा कर्माको कथा रहनेछ भने छायांकन ज्ञानेन्द्र शर्माको हुनेछ ।

SUBSCRIBE 👉