ग्ल्यामर नेपाल, काठमाडौं ।
निर्माणाधिन अवस्थामा रहेको फिल्म ‘चलेछ बतास सुस्तरी’का सम्पूर्ण गीतको रेकर्डिङ काम सकिएको छ । शनिबार राजधानीको अनामनगरस्थित गुञ्जन स्टुडियोमा गीत रेकर्ड गरिएको हो । निर्माता तथा फिल्म लेखक प्रदीप भारद्वाजको सोलो शब्द रहेको गीतमा विकास चौधरी र सन्तोष राजौरेको संगीत छ ।
गीतमा स्वरुपराज आचार्य, प्रविशा अधिकारी, आकांक्षा बस्याल, डेभिड शंकरलगायतको स्वर रहेको छ । क्रश फिन्गर्स इन्टरटेन्टमेन्ट तथा निर्माता अरुण खड्काको अरुण फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भईरहेको फिल्ममा सब्बु सुबेदी र अनिला खड्काको संयुक्त निर्देशन छ ।
फिल्मको हाल चरिकोटमा छायांकन भईरहेको छ । फिल्ममा प्रमोद भारद्वाज, सुष्मा कार्कीलगायतको अभिनय रहेको छ ।