रोल्पामा रुचाईयो झोला


Yadav-Bhattaraiग्ल्यामर नेपाल, रोल्पा ।
फिल्म हलविहिन रोल्पा जिल्लाका जनताले फिल्म ‘झोला’लाई रुचाएका छन् । रोल्पामा जारी ‘अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला २०१५’ को दोस्रो दिनको सत्र सकिएसँगै त्यहाँको खुल्लामञ्चमा फिल्म देखाईएको थियो । प्रोजेक्टरमार्फत देखाइएको फिल्म हेर्दा अधिकांश महिला भावुक बनेका थिए ।

फिल्म हेरेपछि निर्देशक यादवकुमार भट्टराई र निर्माता राज तिमिल्सेनाको दर्शकले प्रशंसा गरेका थिए । उनीहरुले रोल्पामा फिल्म हल बनाउन आफ्नो तर्फबाट पहल गर्न निर्देशक र निर्मातालाई आग्रह गरेका थिए ।
Jhola-Rolpa
निर्देशक भट्टराईले नेपाली फिल्मको बजार विस्तारको क्रम चल्दै गर्दा ‘झोला’ प्रति रोल्पालीले देखाएको चाख काठमाडौंका दर्शकको भन्दा कम नभएको बताए । गरिमा पन्त, देशभक्त खनाल, सुजल नेपाल, दिपक क्षेत्री, लक्ष्मी गिरी प्रमुख भूमिकामा रहेको फिल्ममा राजसँगै रामगोपाल थापा, मालती शाह, सुशिल शाहको पनि लगानी छ ।

SUBSCRIBE 👉