हवल्दार सुन्तलीमा शिल्पाको यस्तो एक्सन


Hawaldar-Suntaliग्ल्यामर नेपाल, काठमाडौं ।
आगामी चैत्र २७ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्म ‘हवल्दार सुन्तली’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । अभिनेत्री शिल्पा पोखरेललाई सुन्तलीको रुपमा प्रस्तुत गरिएको फिल्मको ट्रेलरमा उनैलाई बढी प्राथमिकता दिइएको छ ।

ट्रेलरमा शिल्पाको रोमान्स, रिस र एक्सनलाई प्रस्तुत गरिएको छ । निर्माता छविराज ओझाको होम प्रोडक्सन छविराज प्रोडक्सनको व्यानरमा तयार भएको फिल्मका निर्देशक ऋषि लामिछाने हुन् । फिल्ममा किशोर खतिवडा, सविन श्रेष्ठ, ध्रुव कोइराला, देशभक्त खनाललगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मले अछामको एक प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार सुन्तली धामी माथि आफ्नै सहकर्मीले गरेको बलात्कारको घटनालाई प्रस्तुत गरेको छ । फिल्मको दुई गीत ‘तिम्रो डोला डोला’ र ‘म त नाइन्टिन’ले बजारमा राम्रो चर्चा पाइरहेको छ ।

SUBSCRIBE 👉