सुनगाभाको डिभिडी सार्वजनिक


Sungava-Movieग्ल्यामर नेपाल, काठमाडौं ।
समलिंगीको कथा समेटिएको फिल्म ‘सुनगाभा’को डिभिडी सार्वजनिक भएको छ ।

ठमेलस्थित कुर्वा थाई रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा फिल्म यूनिटले डिभिडी सार्वजनिक गरेको हो । सुवर्ण थापाले निर्देशन गरेको फिल्मको डिभिडि हाईटेक ईन्टरटेन्मेन्टले बजारमा ल्याएको हो ।

निशा अधिकारी, दिया मास्के र सौगात मल्ल मुख्य भूमिकामा रहेकोले बक्स अफिसमा व्यापार नगरे पनि समिक्षकको नजरमा राम्रो बनेको थियो । यो फिल्म देशबाहिरका सात वटा फिल्म फेस्टिभलमा सहभागिता जनाइसकेको छ ।

निर्देशक सुवर्णले घरमै बसेर फिल्मलाई सहज रुपमा दर्शकले हेर्न सकुन् भनेर आफुहरुले डिभिडि निकालेको बताए । हाईटेक ईन्टरटेन्मेन्टका प्रोप्राईटर राजेन्द मानन्धरले आफ्नो कम्पनीले सिमित फिल्महरुको मात्र राईट किन्ने गरेको बताए । उनले अन्तर्राष्ट्रियस्तरको क्वालिटीमा डिभिडी तयार गरेको दाबी गर्दै सुनगाभालाई फ्रेन्च र नेपाली दुवै सब टाइटलमा समेत हेर्न सकिने जानकारी दिए ।

SUBSCRIBE 👉