फिल्म निर्माणमा हरिबंश । फिल्मको निर्देशन उज्वल घिमिरेले गर्ने


काठमाडौँ । चर्चित हाँस्य कलाकार हरिबंश आचार्यले फिल्म निर्माण गर्ने भएका छन्। सामाजिक विषयबस्तुमा फिल्म बनाउने तयारीमा रहेका आचार्यले नयाँ वर्ष लागेपछि काम सुरु हुने जानकारी दिए। फिल्म को निर्देशन उज्जवल घिमिरेले गर्ने भएका छन्। उनले भर्खरै अर्का हाँस्य कलाकार दिपक राज गिरि, दिप श्री निरौला र निर्मल शर्माको संयुक्त लगानिरहेको चलचित्र “वडा नम्बर ६” को छायाँकन सकेका छन्। अब हुनी आचार्यको नयाँ चलचित्रको निर्देशनको तयारीमा रहेका छन्।
Hari Bansha Acharya
निर्देशक घिमिरे पुराना पुस्ताका निर्देशक भए पनि नयाँ पुस्तासंग अपडेट भइरहन्छन् । प्रकाश थापा निर्देशित फिल्म ‘सन्तान’ मा नायक बनेका घिमिरेले गोठालो, जिन्दगानी, विश्वास, किस्मत, छोडी गए पाप लाग्ला है, अन्दाज लगायतका फिल्म निर्देशन गरेका छन् ।

SUBSCRIBE 👉