जाडो महिना सकियो त हमालजी !


Rajesh-Hamal
अब लगभग जाडो सकियो भन्दा हुन्छ। साँझ र बिहान मात्र हल्का चिसो छ। दिउँसो त गर्मी हुन थालिसक्यो। तर, अभिनेता राजेश हमाललाई भने जाडोले अझ छोडेको छैन। त्यसैले त स्वीटर थन्काउनुभन्दा पहिले नै ‘दुई हुने’ अभिव्यक्ति दिएका हमाल अझै चुपचाप छन्।

उनले सुरुमा मंसिर, त्यसपछि माघ र अन्तमा फागुनमा बिहे गर्ने घोषणा गरेका थिए। तर, माघको मध्य सकिसक्दा पनि विवाहको छनक दिएका छैनन्। न विवाहको मिति घोषणा गरेका छन्, न सपिङ्मै निस्किएका छन्। बरू एकपछि अर्को गर्दै विवाहप्रति कठोर धारणा सार्वजनिक गररिहेका छन्। जसका कारण हमालले बिहे गर्ने र छेपारोले घर बनाउने कुरा एउटै हो भनेर व्यंग्य सुन्न थालिएको छ।

SUBSCRIBE 👉