प्रणय दिवसमा रोमान्टिक देखियो – अझै पनि


काठमाडौ । आगामी फाल्गुण १५ मा देशव्यापी रिलिज हुन लागेको फिल्म ‘अझै पनि’ यूनिट प्रणय दिवसको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रममा रोमान्टिक मुडमा प्रस्तुत भएको छ । कायरा बुटिकले आयोजना गरेको ‘भ्यालेण्टाइन रनवे रोमान्स’मा फिल्मका कलाकार तथा निर्माताले आफ्नो विशेष प्रस्तुति दिँदै प्रेम दिवस र फिल्मको बारेमा प्रचार गरेको छ।

puja sharma sudarshan thapaनेपालका चर्चित सेलिब्रेटीका जोडीले क्याटवाक गरेको कार्यक्रममा फिल्मका निर्माता तथा अभिनेता सुदर्शन थापा र नायिका पुजा शर्मा, अर्का नायक पुष्प खड्का र नायिका सुरक्षा पन्त रनवेमा प्रणय झल्काउँदै हिँडेका थिए भने निर्माताद्वय पुनम गौतम र सुदर्शनले पनि क्याटवाक गरे।

pushpa khadkaनिर्माता पुनमले फिल्म रिलिज मिति नजिकिँदै गर्दा आफु उत्साहित रहेको र विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रममा फिल्मले पनि आफ्नो प्रस्तुति देखाउन पाउँदा खुशी लागेको बताईन् । उनले कला क्षेत्रलाई माया गर्ने सम्पूर्णको साथ पाए फिल्म सफल हुने जिकिर गरिन्।

sudarshan thapa punam gautamअर्का निर्माता तथा नायक सुदर्शनले फरक प्रकृतिका फिल्म भन्दै फिल्म क्षेत्रमा बनिरहेका फिल्म जस्ता नभएर पुरानै शैलीमा नेपाली समाज भित्रकै महत्वपूर्ण घटना र कथालाई लिएर फिल्म बनेको बताए। उनले स्व. निर्देशक आलोक नेम्वाङको अन्तिम फिल्म ‘अझै पनि’ उत्कृष्ट बनेको दावी गर्दै फिल्म हेरेर साथ दिन सबैलाई आग्रह गरे।

कार्यक्रमको थप आकर्षक तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

कार्यक्रममा प्रेम जोडीहरु नायिका झरना थापा र निर्माता सुनिलकुमार थापा, नायक मुकेश ढकाल र नायिका मेलिना मानन्धर, नायिका निता ढुंगाना र नायक आमेश भण्डारी, नायक दिलीप रायमाझी र उनकी श्रीमति मञ्जु रायमाझी, फेसन डिजाईनर विश्व गौतम र उनकी श्रीमती साथै साप्ताहिक पत्रिकाका सम्पादक सुवास ढकाल र उनकी श्रीमतीले क्याटवाक गरेका थिए।

SUBSCRIBE 👉