मिसन पैसा २ रिलोडेडको संगीत सार्वजनिक


Harshikha-Shrestha-Amir-Gautam-Resh-Marahatta-Mission-Paisa-Reloadedकाठमाडौं । आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिसन पैसा २ रिलोडेड’को अडियो सार्वजनिक भएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा फिल्मका निर्माताद्वय माधव वाग्ले, नरेन्द्र महर्जन, अभिनेता रेश मरहठ्ठा र द्वन्द्व निर्देशक राजकुमार उप्रेतीलगायतले अडियो विमोचन गरेका थिए ।

कार्यक्रममा निर्माताद्वय वाग्ले र महर्जनले फिल्म निर्माणसँगै प्रदर्शनमा ढिलाई भए पनि दर्शकले मनपराइदिनेमा आशा व्यक्त गरे । कार्यक्रममा फिल्मका दुई गीत ‘आकाशैमा’ र ‘चाँचरी’ बोलको गीत देखाइएको थियो । गीतमा स्वर्गीय संगीतकार तथा गायक पाण्डव सुनुवारको संगीत छ भने रामचन्द्र काफ्ले, जुनु रिजाल काफ्ले र स्वर्गीय सुनुवारकै स्वर रहेको छ ।

सिमोस सुनुवारले निर्देशन गरेको फिल्ममा आमिर गौतम, रेश मरहठ्ठा, हर्षिका श्रेष्ठलगायतले अभिनय गरेका छन् । फिल्ममा राजकुमार उप्रेतीको द्वन्द्व, दीर्घ खड्काको सम्पादन र हरि हुमागाईको छायांकन रहेको छ ।

SUBSCRIBE 👉