गीत गाउँदै दीपिका


Deepika-Padukoneबलिउडका नायिकाहरु प्रियंका चोपडा, आलिया भट्ट र श्रद्धा कपुरपछि अब अर्की सुन्दरी नायिका दीपिका पादुकोण गायिकाका रुपमा प्रस्तुत हुने भएकी छन् । समाचार अनुसार उनले आगामी फिल्म ‘तमाशा’का लागि एक गीत गाउने भएकी छन् । फिल्मलाई इम्तियाज अलीले बनाउन लागेका हुन् ।

फिल्ममा पूर्व प्रेमी रणवीर कपुरसँग रोमान्स गर्न लागेकी दीपिकाले गीत गाउन इच्छुक रहेको बताएकी छन् । उनी हाल गीतका लागि प्रशिक्षण पनि लिईरहेकी छन् । दीपिकाले आफ्नो अभिनयसँगै फिल्ममा गायकी कला देखाउन पाउँदा खुशी व्यक्त गरेकी छन् । फिल्म सन् २०१५ मै रिलिज हुनेछ ।

SUBSCRIBE 👉