काठमाडौं । सौगात मल्ल स्टारर फिल्म ‘षडङ्ग’को ट्रेलर रिलिज गरिएको छ। युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरमा सौगातलाई निकै हाइलाइट गरिएको छ। उनका संवाद, संवाद बोल्ने शैली र लुक्सले फिल्मलाई प्रतिक्षित बनाएको छ। लुट पछि उनि अभिनित फिल्महरु लगातार असफल भईरहेका बेला सौगातलाई यो फिल्मले राहत दिने विश्वास गरिएको छ।
राजनैतिक तथा सामाजिक कथावस्तु समेटिएको ‘षडङ्ग’लाई सुरज सुनुवारले निर्देशन गरेका हुन्। फिल्ममा सौगातका अलवा अनुप वराल, विजय लामा, प्रियंका कार्की, सौरमराज तुलाधरलगाएतका कलाकारको पनि अभिनय रहेको छ। सौगात मल्ल केद्रित ट्रेलरमा प्रियंका र सौरमराजको केहि रोमान्सका दृश्यहरु पनि समाबेश गरिएको छ।
ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस
स्टार कलाकारको अभिनय भएपनि फिल्मको सुटिङ निकै गुपचुप ढंगबाट गरिएको थियो। कलाकारलाई समेत फिल्मको बारेमा मिडियामा बोल्न अनुमति दिइएको थिइएन। निर्माण पक्षले ट्रेलर पनि विना तामझाम एक्कासी सार्वजनिक गरेको हो। समिर सुनुवारको लगानी रहेको फिल्म १३ चैत्रमा रिलिज हुँदैछ। ‘षडङ्ग’ले सौगातको साख बचाउला त ? प्रतिक्षाको विषय बनेको छ।
