‘अझै पनि’लाई सबैले हेर्न पाउने


Ajhai-Paniकाठमाडौ । फाल्गुन १५ बाट देशव्यापी रिलिज हुने नेपाली फिल्म ‘अझै पनि’ले फिल्म सेन्सर बोर्डबाट युनिभर्सल (सबैले हेर्न मिल्ने) प्रमाणपत्र पाएको छ । सोमवार साँझ बोर्डले स्व. आलोक नेम्वाङद्वारा निर्देशित अन्तिम फिल्मका सबै दृश्यलाई मान्यता दिँदै यूनिभर्सल प्रमाणपत्र दिएको हो ।

नारीको गहना सिन्दुर–पोतेको महत्व तथा युवा–युवतीको प्रेमकथामा बनेको ‘अझै पनि’ले दर्शकलाई मनोरञ्जन साथै समाजको अर्थ बुझाउने निर्माता पुनम गौतमले बताईन् । अर्का निर्माता तथा नायक सुदर्शन थापाले फिल्म नेपालीका लागि अति नै मिठो उपहार रहेको जनाए ।

यसअघि ‘मेरो एउटा साथी छ’, ‘मेरो लभ स्टोरी’, ‘के यो माया हो’ ‘धन्दा’ तथा ‘मधुमास’ जस्ता फिल्म निर्देशन गरेर ख्याती कमाईसकेका सुदर्शनले अभिनय गरेको यो पहिलो फिल्म हो ।

सुदर्शनको साथमा पुजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, विजय लामा, रामशरण पाठक, मिथिला शर्मा, प्रमिला खनाल, विपना धिमाल लगायतका कलाकारहरुको अभिनय रहेको फिल्मका लेखक रामशरण पाठक हुन् ।

राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा प्रितम पाण्डेको सम्पादन छ । अष्ट महर्जनको द्वन्द्व रहेको फिल्ममा महेश खड्का, हरि लम्साल, सचिन सिंह, राजनराज सिवाकोटीको संगीत रहेको छ ।

SUBSCRIBE 👉