खिचियो रिमा र अज्जुको माया


Reema-Ajjuकाठमाडौं । सपना रानी जोशीको स्वरमा रहेको ‘मेरो अन्तिम सास’ बोलको गीतको हालै ललितपुरको हात्तीवनस्थित भिलास सिटी स्केपमा छायांकन गरिएको छ । उमा श्रेष्ठको शब्द र अनिल शाहीको संगीतमा तयार भएको गीतको भिडियोमा एजे अज्जु र रिमा विश्वकर्माले फिचरिङ गरेका छन् ।

भिडियोलाई केशव खड्काले निर्देशन गरेका हुन् । उनका अनुसार गीतले एउटा श्रीमतिले आफ्नो श्रीमान प्रति गरेको मायाको समर्पणलाई प्रस्तुत गरेको छ । नवविवाहित जोडीको कथा प्रस्तुत गरिएको गीतको एक दिनमा छायांकन गरिएको थियो । हाल सम्पादनमा रहेको भिडियोका छाँयाकार ज्ञानेन्द्र शर्मा हुन् भने सम्पादन निशान्त घिमिरेले गरिरहेका छन् ।

SUBSCRIBE 👉