मुकेश र झरनाको रोमान्स अन्तिम चरणमा


काठमाडौ । निर्माता हरि पराजुलीको डेब्यु निर्देशन रहेको फिल्म ‘परिणाम’ को छायांकन अन्तिम चरणमा पुगेको छ। दार्जिलिङ, सिक्किम र सिलिगुढीमा फिल्मको ७० प्रतिशत छायांकन सकिएको र बाँकी काठमाडौंमा गरिने निर्देशक पराजुलीले बताए। ‘अब फिल्मको दुई गीत र केही क्लाईमेक्स सिन खिच्न बाँकी छ’, उनले भने– ‘अब सात दिनभित्र छायांकन सकेर पोष्ट प्रोडक्सनमा जाने तयारीमा छौं।’ त्रिकोणात्मक प्रेम कथा रहेको यो फिल्ममा अभिनेता मुकेश ढकाल, नायिकाद्वय झरना रिसाल र सारिका घिमिरेको मुख्य भूमिका रहेको छ।
Mukesh Dhakalकलेजमा अध्ययनरत टिनएजर्स विद्यार्थी त्यसमा पनि धनी र गरिब बिचको समस्यालाई फिल्ममा उजागर गरिएको निर्देशक पराजुलीले जानकारी दिए। ‘फिल्मले नारीले हिंसा सहनुहुदैन त्यसको प्रतिकार गर्नुपर्छ भन्ने सन्देश बोकेको छ।’ उनले भने। फिल्म जेठमा रिलिज हुने तयारीमा छ।

पराजुलीले यसअघि नेपाली फिल्म ‘प्रेमपथ’, ‘पहिरो’, ‘बिछोड’ र भोजपुरी फिल्म ‘साथीत्व प्यारमे’ र बंगाली फिल्म ‘यहि तो भालोवासा’ निर्माण गरेका थिए। कृष्ण बस्नेत र मित्र पराजुलीको संगीत रहेको ‘परिणाम’ मा एनबी महर्जनको द्वन्द्व छ। शिव ढकालले खिचेको फिल्ममा प्रिया पराजुलीको नृत्य निर्देशन छ।

SUBSCRIBE 👉