गिनिजमा लेखियो सौगातको नाम


saugat-bista-world-guiness-recordsकाठमाडौं । छोरी र बाबुको सम्बन्धलाई प्रस्तुत गरेर फिल्म ‘लभ यु बाबा’ निर्देशन गरेका आठ वर्षे बालक सौगात विष्टले गिनिज बुक अफ वल्र्ड रेकर्डसमा ‘विश्वकै कान्छो निर्देशक’का रुपमा आफ्नो नाम दर्ता गराएाक छन् । गिनिज बुकमा नाम लेखाउने उनी नेपालकै पहिलो निर्देशक बनेका छन् ।

कम उमेरमा फिल्म निर्देशन गरेको भन्दै गिनिज बुक अफ वल्र्ड रेकड्र्सले सौगातलाई ‘योङगेस्ट फिल्म डाईरेक्टर‘को उपाधि दिएको छ । गिनिज बुकले आफ्नो वेभसाइटमा सौगातलाई विश्वकै कान्छो निर्देशक भनी नाम लेखेको छ ।

‘सौगात विष्ट व्यावसायिक रुपमा फिचर फिल्म बनाउने कान्छा निर्देशक हुन् । उनले निर्देशन गरेको फिल्म रिलिज हुँदा उनी आठ वर्षका थिए । १२ डिसेम्बर २०१४ मा उनको फिल्म रिलिज हुँदा सौगातको उमेर ७ वर्ष ३ सय ४० दिन थियो ।’ गिनिजले वेभसाइटमा लेखेको छ ।

नेपाल चलचित्र निर्देशक समाजको सदस्यता समेत लिईसकेका सौगात अभिनेता गजित विष्टका छोरा हुन् । उनले भारतीय एक बालकले राखेको फिल्म निर्देशनको रेकर्डलाई तोडेका छन् । अभिनेता गजितका अनुसार शुक्रबार राजधानीमा विशेष कार्यक्रम गर्दै गिनिज रेकर्डका बारेमा जानकारी दिईनेछ ।

SUBSCRIBE 👉