सुदर्शनको लगानीमा आलोकको निर्देशन


alok-nemwang-sudarshan-thapaग्ल्यामर नेपाल, काठमाडौं । लभस्टोरी सिनेमा निर्देशन गर्न माहिर निर्देशक सुदर्शन थापा निर्माणमा होमिएका छन् । जसको निर्देशनको जिम्मा आलोक नेम्वाङलाई दिएका छन् । ‘अझै पनि’ नाम दिइएको उक्त सिनेमाको एक अडियो गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले आउँदै गरेको प्रेम दिवसको अवसरमा गीत सार्वजनिक गरेको हो । प्रेमिल भाव व्यक्त गरिएको गीतमा हरी लम्सालको स्वर तथा संगीत, संजिव थापाको शब्द रहेको छ ।

‘अझै पनि’मा सुदर्शनको लगानी मात्र होइन, अभिनय पनि रहने छ । अन्य कलाकार फाइनल भइसकेका छैनन् । आलोक र सुदर्शनको केमेस्ट्रीलाई निकै महत्वका साथ हेरिएको छ । दुवै जना एक अर्कासँग काम गर्न पाउँदा निकै एक्साइटेड देखिएका छन् । म्युजिक भिडियोका सफल निर्देशक आलोकका दुई सिनेमा ‘सानो संसार’ र ‘कोही मेरो’ व्यावसायिक रुपमा असफल भएका थिए । । दोस्रो साताबाट फ्लोरमा जाने यो फिल्मको कथाको अर्का निर्देशक रामशरण पाठकले लेखेका हुन् ।

‘अझै पनि’मा हरिसहित सचिन सिंह, महेश खड्का र राजनराज शिवाकोटीको संगीत रहने छ । सिनेमामा कस्ट्यूम डिजाइनर पुनम गौतमको पनि लगानी छ । सुदर्शनले ‘लम्फू’ नामक सिनेमाको लिड रोलमा काम गरेका छन् । यद्यपी उक्त फिल्म प्रदर्शन हुन बाँकी छ।

SUBSCRIBE 👉