बंगाली फिल्ममा नेपाली आइटम डान्सर


archana-dellalaग्ल्यामर नेपाल, काठमाडौं । पछिल्लो समयकी चर्चित आइटम डान्सर अर्चना देदलाललाई बंगाली फिल्ममा देख्न पाइने भएको छ। ‘सादा कालो आकाशेर क्यानभासे’ नामक बंगाली फिल्ममा अर्चनालाई लिड रोलमा अनुबन्ध गरिएको निर्माण पक्षले औपचारिक जानकारी दिएको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्देशक तनविन रफिकले अर्चना ‘ट्यालेन्ट’ भएकोले मौका दिइएको बताए।

नेपालीमा ‘मायाको परिचय’ भाव हुने फिल्मको ६० प्रतिशत सुटिङ नेपाल र बाँकी बंगलादेशमा गरिने जानकारी दिइएको छ । नेपाल र बंगलादेशको सम्बन्ध सुमधुर बनाउन र दुई देशको कलासंकृती आदानप्रदान गर्न फिल्मले सहयोग गर्ने निर्देशक तनविनले विश्वास व्यक्त गरे । कथामा अर्चनाको अनुहार फिट हुने उनको भनाई छ । फिल्मका बाँकी सबै कलाकार बंगलादेशकै हुनेछन्। यता, अर्चनाले बंगाली फिल्ममा काम गर्न पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिएकी छिन् । उनले आफू अडिसनबाट छनोट भएको पनि जानकारी दिइन्।

फिल्मलाई बंगलादेशको ‘क्लाउड ९’ र नेपालको ‘नेप्लिज स्टारडम इन्टरटेन्मेन्ट फिल्मस्’ले मिलेर निर्माण गर्न लागेका हुन्। बंगलादेशमा विभिन्न टीभी सिरियल, विज्ञापन, भिडियो निर्देशन गर्दै आएका रफिकको यो पहिलो फिचर फिल्म हुनेछ। उनले यसपश्चात ‘गुड इभिनिङ काठमाण्डू’ नामक फिल्म निर्देशन गर्ने समेत जानकारी दिए।

 

SUBSCRIBE 👉