कबड्डी कबड्डीमा राजनीति र प्रेमको भीडन्त


Kabaddi-Movieकाठमाडौं । गत वैशाखमा रिलिज भएको हिट फिल्म ‘कबड्डी’को सिक्वेल बन्ने भएको छ । अघिल्ला निर्देशक रामबाबु गुरुङले नै निर्देशन गर्ने फिल्मको नाम ‘कबड्डी कबड्डी’ राखिएको छ ।

‘कबड्डी खेल प्राय सीमा नाघिएपछि र आफ्नो समुहमा जबरजस्ती कोही छिरेपछि शुरु हुन्छ । पहिलो कबड्डीमा प्रेमको सीमा नाघिएको थियो । यसपालि प्रेममा राजनीति जबरजस्ती जबर्जस्ती घुसेको छ, सिक्वेल प्रेम र राजनीतिको भिडन्त हो,’निर्देशक गुरुङले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘पहिलो कबड्डीका नायककाजीको ‘कन्टिन्यु लभस्टोरी’ नै सिक्वेलको मूलकथाहो । हक र धाकधम्कीबाट परै रहेर प्रेम गर्न खोज्दा पनि काजीले सुख पाउँदैन ।’

Dayahang-Raiफिल्मको लेखन रामबाबु आफैले कवि उपेन्द्र सुब्बाको सहयोगमा कथा लेखेका छन् । ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस् प्रालिको ब्यानरमा बन्ने फिल्मको ९५ प्रतिशत दृश्य मुस्ताङमा गरिनेछ । जसको सुटिङ फागुन २५ गतेबाट हुँदैछ ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, विजय बराल, बुद्धि तामाङ, शिशिर वाङ्देल, अरुणा कार्की, पशुपती राई, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ र उपेन्द्र सुब्बाको अभिनय रहनेछ ।

सुनीलचन्द्र रौनियार र रौनकविक्रम कँडेलको लगानी हुने फिल्ममा निश्चल बस्नेत कार्यकारी निर्माता रहनेछन् । सहनिर्मातामा भने ओमचन्द्र परियार र अर्जुन कार्की छन् । फिल्ममा कुमार महर्जनको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको पाश्र्वसंगीत र शैलेन्द्र डी कार्कीको छायांकन हुनेछ ।

SUBSCRIBE 👉