पुरुषोत्तमको सांगीतिक रासुम सार्वजनिक


Rasuma-Album-Lunchingकाठमाडौं । सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम बस्नेतले तेस्रो एल्बम ‘रासुम’ श्रोतामाझ ल्याएका छन् । एल्बमको आइतबार राजधानीमा आयोजित कार्यक्रममा काँग्रेस नेता डा.प्रकाशशरण महत, गीतकार डा. कृष्णहरि बराल, गायक विश्व नेपाली र फिल्म निर्देशक हिमग्याप टासी लामालगायतले सार्वजनिक गरे ।

एल्बममा ‘यो जुनी यस्तै भयो’, ‘म आफ्नो मलामी गइरहेछु’, ‘मेरो देशलाई स्वर्ग बनाऊ’, ‘गौतम बुद्ध नेपालमा जन्मेका हुन्’, ‘जन्मदिनको के दिउँ तिमीलाई’ बोलका गीत छन् । गीतमा राजेशपायल राई, दिनेश गौतम, मिलन अमात्य, विश्व नेपाली, शशी रावल, एस्थर तिमिल्सिना र सञ्जय पाण्डेको स्वर रहेको छ भने अविद, पुस्तक प्रसाद, सन्दिप कार्की र शशी रावलको संगीत रहेको छ ।

एल्बममा रहेको ‘यो जुनी यस्तै भयो’ बोलको गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ । प्रदीप रसाइलीको निर्देशन रहेको भिडियोमा जेनिशा केसी, दीपेश कार्की, नवराज कोइरालाले फिचरिङ गरेका छन् भने अजय रेग्मीको छायांकन रहेको छ।

बस्नेतले ‘प्रजुशा(२०६९)’ र ‘प्रभाव(२०७०)’ श्रोतामाझ ल्याईसकेका छन् । उनी हाल क्लासिक एफएममा आबद्ध छन् ।

SUBSCRIBE 👉