अझै पनि प्रति इशा देवलको चासो


Isha-Ajhai-Paniकाठमाडौ । चर्चित भारतीय अभिनेत्री इशा देवलले नेपाली फिल्मप्रति चासो देखाएकी छिन् । आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘अझै पनि’को टिमसँगको सोमबारको छलफलमा उनले आफुले नेपाली फिल्मको बारेका धेरै सुनेको र हेर्ने इच्छा रहेको बताएकी छिन् ।

भारतीय टेलिभिजन एमटीभिबाट प्रशारण हुने रियालिटी सो ‘रोडिज एक्स टु’ को सुटिङको लागि नेपालमा रहेकी देवलले नेपालबाट बलिउडमा रहेर अभिनय गर्ने कलाकारबाट आफु प्रभावित रहेको खुलाईन् ।मंगलबार गरिने फिल्मको प्रिमियर शोमा सहभागी हुने इच्छा इशाले देखाए पनि व्यस्त सुटिङ तालिकाले उनले उपस्थिति जनाउन नसक्ने निर्माण पक्षले जनाएको छ । हाल उपत्यका बाहिर रहेकी उनी मंगलबार काठमाडौं फर्कदैछिन् । उनी लाजिम्पाटस्थित होटल सांग्रिलामा बस्नेछिन् ।

इशाको टोली भारतीय शहर फैजाबाद, अयोध्या, गोरखपुर हुँदै रुपन्देहीको सिमा नाका बेलहियाबाट लुम्बिनी आएको थियो । लुम्बिनीमा सुटिङ सकेर थप सुटिङका लागि टोली काठमाडौ आउँदै गर्दा चितवनको कुरिनटारमा प्रचारको लागि राजधानी बाहिर रहेको ‘अझै पनि’ युनिटसँग भेट भएको थियो । देवलले ‘अझै पनि’ नायिकाद्वय पुजा शर्मा र सुरक्षा पन्तको सुन्दरताको तारिफ गरेकी थिइन् ।

देवलका साथै बक्सिङ खेलमा भारतका ओलम्पिक पदक विजेतासमेत रहेका विजेन्द्र सिंह लगायत रोडिज सोका ११० सदस्यहरु नेपालमा छन् ।

SUBSCRIBE 👉