सेन्सर बोर्ड प्रति शाहरुखको आक्रोश


shahrukh-khanभारतीय फिल्म सेन्सर बोर्डको नयाँ टिमले बलिउड फिल्ममा प्रतिबन्ध भएका अपशब्दको लिष्ट जारी गर्ने कुरालाई लिएर फिल्म उद्योगले कडा प्रतिक्रिया जनाएको छ । बलिउड सुपरस्टार शाहरुख खानले पनि अन्य फिल्मकर्मी झै कडा विरोध गरेका छन् ।

शाहरुखले बोर्ड यस किसिमको सूची तयार गर्न कुनै जरुरी नभएको जनाएका छन् । ‘मैले सोच्नै सकेको छैन कि यो लिष्ट किन उनीहरुले जारी गर्न खोजेका छन्, यसको विकल्पमा अपशब्दलाई विप प्रयोग गर्न सकिन्छ र यो प्रक्रिया धेरै लामो समयदेखि पनि चलिआएको छ । बरु यो लिष्टलाई दिशानिर्देशका रुपमा प्रयोग गर्न सकिन्छ ।’ शाहरुखले भनेका छन् ।

शाहरुखले सेन्सर बोर्डलाई सही र गलत कुराको निर्णय लिनका लागि स्थापना गरिएको भन्दै समाजको भावनाको रक्षा गर्न पनि आग्रह गरेका छन् । उनले अपशब्दलाई प्रतिबन्ध लगाउनुको सट्टा फिल्मको वर्गीकरण गर्न माग गरेका छन् ।

SUBSCRIBE 👉