काठमाडौं । जयश्री बुढासुब्बा फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्म ‘अग्नी’ हाल पोष्ट प्रोडक्सन अन्तर्गत सम्पादन चरणमा रहेको छ । निर्देशक उदय सुव्बाको निर्माण र निर्देशनमा बनेको त्रिकोणात्मक प्रेम र एक्सन फ्लेबरको फिल्मको छायांकन पूर्वको झापामा गरिएको हो ।
भुपेन्द्र लिङ्देनको प्रस्तुति रहेकोे फिल्ममा दिलीप रायमाझी, जीवन लिम्बु, रमा लिम्बू, भीम केरुङ, राम वि.क., उदय सुब्बा, देवकुमार चौधरी, कुमार सिलवाल आदिको अभिनय रहेको छ । फिल्मको सम्पादन काठमाडौंमा भईरहँदा निर्देशक उदय अर्को फिल्म ‘रिफ्युजी’को लोकेशन हेर्न पूर्व नै पुगेका छन् । शरणार्थीको कथा समेटिने फिल्मको छायांकन झापाको बेलडाँगी शरणार्थी शिविरलगायतका स्थानमा हुने सुब्बाले बताए ।