सौगातलाई विद्यालयको सम्मान


Saugat-Bistaकाठमाडौं । सात वर्ष ३ सय ४० दिनमा फिल्म ‘लभ यु बाबा’ निर्देशन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्वकै कान्छो फिल्म निर्देशकको रुपमा नाम दर्ता गराउन सफल सौगात विष्टलाई उनी पढेको स्कुल सूर्योदय आवासीय माध्यमिक विद्यालयले सम्मान गरेको छ ।

विद्यालयमा कक्षा २ मा अध्ययनरत विष्टलाई जर्मनी शिक्षाविद् प्रो डा. डां एफ. जे. राडामाकर र विद्यालयका प्रिन्सिपल तथा प्याब्सनका केन्द्रीय अध्यक्ष लक्ष्यबहादुर केसीलगायतले सम्मान गरेका थिए ।
Saugat-Honourसम्मानित गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल बालप्रतिभा सौगातले उत्कृष्ट जीवनको थालनी आमा, बुबा र विद्यालयको संयुक्त मिहिनेतमा भएको र समग्र देशकै इज्जत राख्न सफल भएकोमा खुसी व्यक्त गरेका थिए ।

SUBSCRIBE 👉