सुदर्शन भन्छन् ‘धेरैजनाको इच्छाले अभिनय गरेँ।’


Sudarshan-Thapaकाठमाडौ । आगामी शुक्रबारबाट एउटा प्रतिक्षित फिल्म ‘अझै पनि’ दर्शकमाझ आउँदैछ । यो फिल्म दुई कारणले आम फिल्मकर्मी र दर्शकमाझ प्रतिक्षित छ । पहिलो स्वर्गीय निर्देशक आलोक नेम्बाङले निर्देशन गरेको यो अन्तिम फिल्म हो भने दोस्रो चाहिँ यसै फिल्ममार्फत चर्चित युवा निर्देशक सुदर्शन थापा ‘अभिनेता’का रुपमा डेब्यु गर्दैछन् ।

‘मेरो एउटा साथी छ’, ‘मेरो लभ स्टोरी’, ‘के यो माया हो’, ‘धन्दा’ र ‘मधुमास’ जस्ता फिल्म निर्देशन गरेर आफुलाई अब्बल दर्जाको युवा निर्देशकका रुपमा चिनाएका सुदर्शन अब आफुलाई दर्शकले कसरी अभिनेताका रुपमा माया गर्छन भन्ने समयको प्रतिक्षामा छन् । त्यसो त उनले यसअघि ‘दलन’ नामक टेलिफिल्ममा अभिनयको अनुभव पनि लिईसकेका छन् ।

‘अझै पनि’मा आफु हिरो भन्दा पनि कलाकार भएको बताउने थापाले फिल्म युनिटको इच्छाले आफु अभिनयमा आएको बताए । सुदर्शन र पुनम गौतमले फिल्मको निर्माण गरेका हुन् । सामाजिक सन्देशमूलक फिल्ममा सुदर्शनको साथमा पुजा शर्मा, सुरक्षा पन्त लगायतका कलाकारले अभिनय गरेका छन् ।

SUBSCRIBE 👉