७३ वर्षीय सुमित्राको दोस्रो एल्बम ‘मेरो संसार’


काठमाडौं । उमेरले ७३ वर्षमा पाइला टेके पनि संखुवासभा घर भई हाल राजधानी बस्दै आएकी नाछिरिङ राईको सक्रियता भर्खरकै युवतीको जत्तिकै छ। नाति पनाति खेलाउने उमेरमा पनि उनको संगीत प्रतिको मोह एक छेऊ पनि घटेको छैन। वर्षदिन अघि ‘पोखिएका शब्द’ नामक डेब्यु एल्बम श्रोतामाझ ल्याएकी उनले अर्को नयाा एल्बम ‘मेरो संसार’ सार्वजनिक गरेकी छन्। भिडियो गीतको संग्रह रहेको एल्बमको नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङलगायतले सार्वजनिक गरे।
Sumira 73 years singer in nepalएल्बममा ‘क्या राम्रो हिमाल’, ‘तारा झरे पनि’ र ‘ए हावा’ बोलका गीत छन्। जसमा एक गीतमा दीपा लामाको स्वर छ भने दुईमा सुमित्राकै स्वर छ। सबै गीतमा शब्द र संगीत सुमित्राकै रहेको छ। महिला प्रशिक्षण केन्द्र हुँदै महिला विकास शाखाबाट अवकाश पाएकी सुमित्राले आफुले अस्तित्वको पहिचानलाई जीवन्त दिन एल्बम ल्याएको बताईन्।

‘मेरा आउने पुस्ताले म कस्ती थिएा र मेरो स्वर कस्तो थियो भन्ने थाहा पाउन भन्ने उद्देश्यले नै एल्बम ल्याएकी हुँ।’ उनले भनिन्। २०१५ सालदेखि गीत लेख्ने काम गरेको बताउाने सुमित्राले गाउाले जीवन शैलीलाई आफुले गीतमा उल्लेख गरेको बताईन्।

प्राज्ञ मुकारुङले वृद्ध उमेरमा पनि संगीत क्षेत्रमा सुमित्राको लगाव देखेर तारिफ गरेका थिए। एल्बमलाई एक्सन इन्टरटेनमेन्टले बजारमा ल्याएको हो।

SUBSCRIBE 👉