राजेशपायलको रेष्टुरेन्टलाई केकीको साथ


Restuarent-Inagurationकाठमाडौं । फिल्मी पाश्र्व गायन र आधुनिक गायनमा वर्चश्व जमाउँदै आएका गायक राजेशपायल राईले आधिकारिक रुपमा आफ्नो पहिलो रेष्टुरेन्ट ‘दर्शन नमस्ते’ सञ्चालनमा ल्याएका छन् । राजेशले हालै सम्पन्न गरेको वल्र्ड टुरको सफलताले हौसिएका राजेशले यही मौकामा अभिनेत्री केकी अधिकारीको हातबाट रेष्टुरेन्टको उद्घाटन गरेका हुन्।
Rajesh-Payalराजेश र केकीले संयुक्त रुपमा रिबन काटेर रेष्टुरेन्टको उद्घाटन मात्र गरेनन्, उद्घाटनपछि केक पनि मिलेरै काटे । बहराईनको कार्यक्रमदेखि नजिकिएका राजेश र केकी रेष्टुरेन्टको कार्यक्रममा पनि मिल्ने साथीका रुपमा प्रस्तुत भएका थिए।
Keki-Rajeshराजेशले केकी आफुलाई मनपर्ने मान्छे बताईरहँदा छेउमै मुस्कुराई रहेकी केकीले पनि राजेशको व्यक्तित्वबाट आफु प्रभावित भएको मात्र बताईनन्, आगामी वर्ष पनि केक काट्ने अवसरको अपेक्षा राखिन्।

SUBSCRIBE 👉