बुद्धको भूमिमा संगीतको बहार


लुम्बिनी । शान्ति, सदभाव र एकताको सन्देश लिएर मोफसल यात्रामा निक्लिएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आईतबार लुम्बिनीमा ‘राष्ट्रिय साँस्कृतिक मेला–२०७१’ आयोजना ग¥यो ।

Singer Satya Swarupप्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ र उपकुलपति शम्भुजीत बासकोटाले च्याबु्रङ बजाएर शुरु गरेको मेलामा शम्भुजितले ‘शनिबारको दिन’, ‘आच्छा लेकिन’, ‘चट्ट रुमाल क्या मालुम’सहितका गीत पनि सुनाए । कार्यक्रममा गायक सत्यराज आचार्यले ‘जहाँ छन् बुद्धका आँखा’ र ‘साँझ पख बतास चल्यो’गीत गाएका थिए।

सत्यका भाई स्वरुपले ‘यती धेरै माया’, ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘यि आँखामा तिमी छौ’ गाउँदा दुवै दाजुभाईले ‘रंगिबिरंगी फुलहरु’, ‘शान्ति तिमी फर्किआउ’, ‘मेरो शिरमा टोप’का गीतमा नृत्य पनि गरे । गायिका मिलन अमात्यले ‘स्लोली स्लोली’, ‘गाला रात्तै’ गीतमा दर्शकलाई नचाउँदा अर्की गायिका गायिका झुमा लिम्बुले ‘हाक्पारे गीत’ र ‘कता हिँडिरहेछ’ तथा जुना प्रसाईले ‘गैरी खेतको शिरै हान्यो’ गीत गाएकी थिईन् ।

Shambhujit Baskotaअर्का गायक सञ्जय तुम्रोकले ‘यो गाउँको ठिट्टो म’ र कल्याण आलेले ‘बिहानी मिर्मिरेमा’गाएका थिए । मेलामा कलाकारले मेची देखि महाकालीसम्मका विभिन्न जातजाति, भाषाभाषीको नृत्य प्रस्तुत गरेका थिए । राजधानीबाट गएका नृत्य कलाकारले स्थानीय दर्शकलाई ध्यानमा राखेर आफ्ना नृत्यहरु प्रस्तुत गरे । उनीहरुले मुजरा नृत्य, गन्नेकी खेतमे…गीतमा भोजपुरी नृत्य, नजिकिँदै गएको फागु पूर्णीमाको आभाष दिलाउन होली नृत्य प्रस्तुत गरे ।

SUBSCRIBE 👉