तीस वर्षपछि लुटेरा बनाउँदै पानपराग


Harshika Shresthaकाठमाडौं । फिल्म वितरणमा तीन दशकको अनुभव संगालेका वितरक तथा हल प्रदर्शन गोपाल कायस्थ(पानपराग)ले पहिलोपटक आफ्नै व्यानरमा फिल्म ‘लुटेरा’ निर्माण गर्ने भएका छन् ।

नौ महिना अघि अभिनेत्री रेखा थापा र अभिनेता निखिल उप्रेतीलाई मुख्य कलाकारमा लिएर फिल्म निर्माण गर्ने बताए पनि अहिले भने रेखाको स्थानलाई अर्की अभिनेत्री निशा अधिकारीले रिप्लेस गरेकी छन् । आइतबार बिहान पशुपतिनाथमा पुजापाठ गरेसँगै फिल्म फ्लोरमा गएको घोषणा गरिएको छ । फिल्मका लागि यसअघि सबिर श्रेष्ठलाई निर्देशकका रुपमा लिने भनिए पनि उनको ठाउँमा दयाराम दाहाललाई लिइएको छ । फिल्ममा निखिलबाहेक एक्सन हिरो सविन श्रेष्ठ र नायिका हर्षिका श्रेष्ठ पनि छन् ।

Ram Bir Manandharझण्डै सत्र महिनाको विश्राम पछि निर्देशक दाहाल निर्देशनमा कमव्याक हुन लागेका हुन् । फिल्मको छायांकन काठमाडौंमा नै हुनेछ भने फिल्ममा हिमाल केसीको द्वन्द्व, बसन्त सापकोटाको संगीत, रामजी लामिछाने, कविराज गहतराज र राजु शाहको कोरियोग्राफी रहनेछ ।

‘यो मेरो पहिलो प्रोजक्ट हो त्यसैलै कुनै पनि चिजमा कम्प्रमाईज नगरी तीन फरक फ्लेवर दिने कोरियोग्राफर राखेको हुँ ।’ गोपालले भने । अर्का निर्माता बसन्तकुमार श्रेष्ठलाई पचास प्रतिशतको पार्टर राखेर बनाउन लागिएको फिल्मलाई शिव ढकालले छायांकन गर्नेछन् ।

SUBSCRIBE 👉