गोपीकृष्णको नयाँ प्रोजेक्टमा ठमेलको कथा


गोपीकृष्ण मुभिजले आफ्नै व्यानरमा दोस्रो फिल्म ‘ठमेल डटकम’ घोषणा गरेको छ। केही महिना अघि राजधानीमा आयोजित कार्यक्रममा एकैसाथ सात फिल्म निर्माणको घोषणा गरेको व्यानरमा पहिलो फिल्म ‘होमवर्क’को निर्माण सकेर अर्को फिल्म बनाउन लागिएको हो।

Thamel Dot Com (1)राजधानीमा मंगलबार आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले क्ल्याप ठोकेर फिल्मको शुभसाइत गरेका थिए भने कलाकारद्वय प्रमोद अग्रहरी र निता पोखरेलले मुहुर्त सट दिएका थिए।

उद्धव पौडेलको प्रस्तुति रहने फिल्मको निर्देशन राजकुमार शर्माले गर्नेछन् भने कथा पनि उनकै हुनेछ। फिल्ममा एनबी महर्जनको एक्सन, बसन्त सापकोटा र अर्जुन पोखरेलको संगीत, ब्रजेश खनालको पटकथा तथा संवाद, दयाराम पाण्डेको गीत र गोविन्द राईको नृत्य हुनेछ भने छायांकन राजुविक्रम थापाको रहनेछ।

शुभ-मुहुर्त कार्यक्रमपछि टिभी फिल्मीले आयोजना गरेको होली कार्यक्रममा कलाकार तथा पत्रकारले होली पनि खेलेका थिए।

कलाकारहरु को होलि तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉