रेखा र छविको होलीमा कलाकारको रमाइलो


देशैभरीका सर्वसाधारणदेखि ठूला ओहोदासम्मका मानिसले फागु पूर्णिमा अर्थात होली मनाईरहँदा नेपाली फिल्मका कलाकारहरु पनि यो पर्वलाई मनाउन पछि परेनन्। होलीको दिन बिहीबार बिहानै देखि विभिन्न टेलिभिजनका लाइभ होलि कार्यक्रममा केहि कलाकारको व्यस्तता देखियो भने केहि कलाकारहरु आफ्नै समूह बनाई होलीमा रमाइरहेका थिए।

Rekha Thapa, Keki Adhikari and Priyanka Karkiरेखा थापा सँग खेल्ने समुह
होली खेल्नकै लागि अभिनेत्रीहरु केकी अधिकारी, प्रियंका कार्की, निर्देशक निलु डोमा शेर्पा र फिल्म लेखक सान बस्न्यात सहित नायिका रेखा थापा संग होलि खेल्न पुगेका थिए। उनीहरुको आगमनसँगै रेखाले एकैसाथ विभिन्न रंग दलिदिएका थिए। रेखाको होली निम्तोमा होलि खेल्नका लागि वितरक तथा निर्माता गोपाल कायस्थ, निर्देशक सविर श्रेष्ठ, अभिनेता किरण थापा, अभिनेता सोहित मानन्धर, लेखक तथा निर्माता ओम प्रतिक, निर्देशक तथा चलचित्र विकास बोर्डका सदस्य सुरेशदर्पण पोखरेललगायत पुगेका थिए। संगीतको सूरमा कलाकारसँगै पत्रकारहरु नाँच्दा होलीको माहोल नै बेग्लै बनेको थियो।

रेखा थापाको होलीको थप फोटो हेर्न यहाँ क्लिक गर्नुहोला

 

Chhabiraj and Aaryan

छविराज ओझा सँग होलि खेल्ने समुह
छविराजको होली कार्यक्रम पनि कम थिएन। वर्षैपिच्छे सेलीब्रेटी तथा पत्रकार बोलाएर होली मनाउने छविले यो साललाई पनि खेर जान दिएनन्। छविसँग होली मनाउन निर्देशक ऋषि लामिछाने, नवल नेपाल, अभिनेता सविन श्रेष्ठ, आर्यन सिग्देल, हसनराजा खान, सुदर्शन थापा, पुजा शर्मालगायतका कलाकारहरु पनि पुगेका थिए। आर्यन श्रीमति सपनाका साथ आएका आर्यन होली खेल्न रेखा थापाको समूहमा पनि पुगेका थिए।

छविरजा ओझासँगको होली रमाइलो फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोला

छवि र रेखाको सम्बन्ध बिग्रिए पनि अधिकांश होली खेल्नेहरुको चाहना उनीहरु दुवैसँग होली मनाउने नै थियो, जुन चाहना कसैको पुरा हुन सकेन। छविको प्रदर्शनको तयारीमा रहेको नयाँ फिल्म ‘हवल्दार सुन्तली’की प्रमुख नायिका शिल्पा पोखरेल कार्यक्रममा नहुँदा छविमा खल्लोपना देखिन्थ्यो। दुवै स्थानमा कलाकारको कमै उपस्थिति थियो।

होलीकै बहानामा शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘भीमदत्त’ र ‘पुनर्जन्म’को युनिटले फिल्मको पब्लिसिटी गर्न पनि भ्याए। ‘भीमदत्त’का निर्देशक हिमग्याप टासी लामाले होली मनाउँदै फिल्म हेर्न आग्रह गरे।

SUBSCRIBE 👉