रणवीर पाउन तीन फिल्म त्यागिन क्याट्रिनाले


katrina-ranbirबलिउड अभिनेत्री क्याट्रिना कैफले चाँडै नै प्रेमी अभिनेता रणवीर कपुरसँग विवाह गर्ने संकेत गरेकी छन् । समाचार अनुसार उनले एक प्रसिद्ध फिल्म प्रोडक्सन हाउससँग कामका लागि कुरा भएको तीन फिल्ममा उनले काम नगर्ने घोषणा गरेकी छन् ।

प्रोडक्सन हाउसले नायिकासँग थोकका रुपमा फिल्मका लागि समय मागेको थियो, जसमा कैफले असहमति जनाएकी थिईन्। ‘उनले रणवीरसँग सेटल हुने योजना बनाएर नै ती फिल्मको प्रस्तावलाई अस्वीकार गरेकी थिईन्,’ स्रोतले भन्यो, ‘उनले साइनिङ एमाउण्ट पनि फिर्ता गरिदिएकी छन् र डिल पनि क्यान्सिल गरेकी छन् ।’ उनी अभिनित ‘फैटम’, ‘फितूर’ र ‘जग्गा जासूस’ फिल्म प्रदर्शनको तयारीमा छन् ।

क्याट्रिनाले मुम्बईमा नयाँ फ्ल्याट किनिसकेकी छिन् र रणवीरसँग उनले लिभिङ टुगेर रिलेसनशिपमा जीवन बिताउन थालेकी छन् ।

SUBSCRIBE 👉