सुरजको भिडियोमा छोराको अभिनय


Abhiksekh Shresthaकाठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा अभिभावकको पदछाप पछ्याउँदै कलाकारितालाई नै व्यावसायिक रुपमा अगाडि बढाउने सन्तान विस्तारै बढ्दै जान थालेका छन् । यसै सूचीमा चर्चित म्युजिक भिडियो निर्देशक सुरज श्रेष्ठका छोरा अभिषेक पनि परेका छन् ।

गायिका प्राश्ना शाक्यको स्वरमा रहेको ‘मुटु नचिरिदेउ..’ बोलको गीतमा ईमेज च्यानलकी भिजे सन्ध्या केसीले अभिषेकसँग रोमान्स गरेकी छन् । ‘महशुस–२’ एल्बममा समेटिएको उक्त गीतलाई सतिश श्रेष्ठले संगीत दिएका छन् भने गीतमा सुकबहादुर गुरुङको शब्द छ ।

सन्ध्यालाई सदाबहार अभिनेता भुवन केसीले आफ्नो नयाँ फिल्ममा नायिकाका रुपमा लिई अभिनेता पुत्र अनमोलसँग रोमान्स गराउने पक्कापक्की गरिसकेका छन् । निर्देशक श्रेष्ठले भिडियोमा नयाँ अनुहारको आवश्यकता भएकोले छोरालाई अभिनय गराएको खुलाए । आफ्नै सम्पादनसमेत रहेको भिडियोका छायाकार हरि हुमागाई हुन् ।

SUBSCRIBE 👉