फिल्ममा पनि कपिलले बनाए रेकर्ड


Kapil Sharmaआफ्नो कमेडी शो ‘कमेडी नाइट्स विद कपिल’मार्फत बलिउडमा छोटो समयमा नै सर्वाधिक चर्चित बनेका कलाकार कपिल शर्माले डेब्यु फिल्मबाट एउटा नयाँ रेकर्ड कायम गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यस्तो रेकर्ड यसअघि कुनै पनि कलाकारले बनाउन सकेका थिएनन् ।

फिल्मले सबैभन्दा छोटो समयमा निर्माणको रेकर्ड बनाएको छ । चर्चित निर्माता निर्देशक अब्बास मस्तानले बनाएका हुन् । फिल्मको अन्तिम सुट जोधपुरमा गरिएको छ । ‘म एक्सन र थ्रिलर फिल्म निर्माता र निर्देशकको रुपमा चिनिन्थे तर यसपटक कमेडीमा निकै रमाइलो भयो, दुई महिनामै हामीले सुटिङ पुरा ग¥यौं, यसको सबै श्रेय फिल्मका कलाकार तथा युनिटलाई नै जान्छ जसले १४ घण्टा लगातार काम गरे ।’उनले भनेका छन् ।

फिल्ममा कपिलका अलावा अरबाज खान, साईं लोकुर, एली अवराम, मञ्जरी फडनिस, सिमरन कौर मुंडी, वरुण शर्मा, जोनी लीवरको छोरी छोरी जेमी लीवर, मनोज जोशी, शरत सक्सेना र सुप्रिया पाठकले अभिनय गरेका छन् ।

SUBSCRIBE 👉