स्काउटमा गरिमा र कुशलको रोमान्स


Scout Movieकाठमाडौं । स्काउट भन्ने बित्तिकै मानिसले इमान्दारिता र असल कामको सारथी सम्झन्छन् । अब यही कुरालाई दर्शकले पर्दामा हेर्न पाउने भएका छन् । ‘बजार’, ‘विन्दास’ र ‘विन्दास २’ का निर्माता मधुकुमार श्रेष्ठले यसै विषयलाई उठान गर्दै ‘स्काउट–द ब्रेभ’ बनाउन लागेका हुन् ।

फिल्मको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मको मुहुर्त गरिएको छ । गोविन्द गौतमको लेखन र निर्देशन रहने फिल्ममा गरिमा पन्त र कुशल थापाले रोमान्स गर्नेछन् । केदार पराजुली र ईश्वर तिवारीको लगानी रहने फिल्ममा नवराज श्रेष्ठ, मधुकुमार श्रेष्ठ, सुनिल अधिकारी, राजन सेढाई, सुधा रावल, खुशी वाग्ले, स्वेच्छा शाहलगायतका कलाकारको अभिनय रहनेछ । बसन्त सापकोटा र विकास चौधरीको संगीत रहने फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व र गणेशकुमार श्रेष्ठको छायांकन हुनेछ ।
Garima and Kushalचाँडै नै फ्लोरमा जाने फिल्मलाई नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, एफडी कम्पनीका अध्यक्ष प्रदीपकुमार उदय, सभासद राजेन्द्र केसी, सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाललगायतले शुभकामना दिएका थिए ।

SUBSCRIBE 👉